भीरबाट झरेको ढुङ्गा लागेर वृद्धको मृत्यु

पाँचथर । भीरबाट झरेको ढुङ्गा लागेर पाँचथरमा एक वृद्धको मृत्यु भएको छ । फिदिम नगरपालिका–११ का ८२ वर्षीय हरिप्रसाद श्रेष्ठको सोही वडाको सेजेपामा बाटो हिँडिरहेको अवस्थामा ढुङ्गाले लागेर मृत्यु भएको हो ।


आइतबार सामाजिक सुरक्षा भत्ता लिन फिदिम आउनुभएका उहाँ आज घर फर्कने क्रममा टाउकोमा चोट लागेको अवस्थामा सडकमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आइतबार फिदिममै आफन्त कहाँ बसेर आज बिहानै घर फर्कने क्रममा सडकमाथिको भीरबाट झरेको ढुङ्गाले लागेर श्रेष्ठको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिएका छन । मृतक श्रेष्ठको आजै जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *