खोलाले बगाएर एकको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका–४ का ५६ वर्षीय विदुर पराजुलीको खोलाले बगाएर मृत्यु भएको छ । स्थानीय टाङटिङ खोला तर्ने क्रममा उहाँलाई आज दिउँसो खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्लामा खोलाले बगाएर र पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या एक महिनाको अवधिमा १० जनाभन्दा बढी रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *