स्राेत नखुलेको १९ लाख ५० हजार नगदसहित दुई जना पक्राउ

महोत्तरी । जलेश्वर नगरपालिका २ जिरोमाईलबाट श्रोत नखुलेको १९ लाख ५० हजार नगदसहित दुई जना पक्राउ परेका छन् । लोहारपट्टि नगरपालिका १ बगडा बस्ने २४ वर्षीय रबिन यादवसमेत दुई जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २-२-९००१ प ०४८८ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *