स्टारबक्स अन्तर्राष्ट्रिय नलेज च्याम्पियनसीपको उपाधी काफ्लेलाई

काठमाडौँ । कुवेतमा रहेका निगम काफ्लेले अन्तर्राष्ट्रिय नलेज च्याम्पियनसिप २०२० को उपाधि जितेका छन् । अन्तर्राष्ट्रिय कफी ब्रान्ड स्टारबक्सले आयोजना गरेको यस वर्षको प्रतियोगितामा निगमले प्रथम पुरस्कार पाएका हुन् । उनी कुवेतमा स्टारबक्समा विगत १८ महिनादेखि कार्यरत छन् ।

प्रतियोगितामा १० देशका १५ क्षेत्रीय विजेताहरुले भाग लिएका थिए । कोरोना महामारीका कारण अनलाइन माध्यमबाट प्रतियोगिता संचालन गरिएको थियो ।

उपाधी पाएपछि प्रशन्नता व्यक्त गर्दै उनले आफूले पाएको उपाधी सम्पूर्ण नेपालीको जीत भएको र यसले अझै हौसला थपेको बताएका छन् । २५ वर्षीय निगम स्टारबक्स अन्तर्गत (अलशाय गुप) मा कफी मास्टरको रुपमा कार्यरत छन् ।

स्टारबक्स संसारकै ठूलो कफी कम्पनी हो जसको ३० हजारभन्दा अउटलेट रहेका छन् । नेपालमा भने स्टारबक्सको बजार विस्तार भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *