ईलाम । आफ्नै बुबा, आमा र हजुरबुबालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्योदय नगरपालिका–४ सिद्दीखोला बस्ने २३ वर्षीय समिर घलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण घलेले आफ्नै बुबा, आमा र हजुरबुबालाई खुकुरी प्रहार गर्दा घाइते बनाएका थिए । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।