USAID

तुल्सीपुर उपमहानगरका प्रमुख कार्यकारी १४ लाख घुससहित पक्राउ

  • 5
    Shares

काठमाडौं, । दाङको तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्यायलाई १४ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ ।

अख्तियारको टोलीले उपाध्यायबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको हो  ।

अख्तियारको टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै आएको थियो । अख्तियार अधिकारीका अनुसार अनुसन्धान गरी उनीमाथि आरोपपत्र दायर गरिनेछ ।


  • 5
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *