USAID

२२४ कोरोना संक्रमित थपिए, १५१ डिस्चार्ज


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय २४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् । याे सँगै नेपालमा सक्रिय काेराेना संक्रमितकाे संख्या ५ हजार ३ सय १६ रहेकाे छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ५१ जनाकोरोना संक्रमित निको भएर घर फर्केका छन् । याे सँगै नेपालमा काेराेना जितेर घर फर्किनेकाे संख्या १४ हजार ३ सय ९९ पुगेकाे छ । काराेना संक्रमणबाट निकाे हुनेकाे दर ७२ दशमलब ८ प्रतिशत रहेकाे छ ।

क्वारेन्टनमा अझै १२ हजार १ सय ११ जना रहेका छन् । अहिलेसम्म भाेजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ, मुस्ताङ गरी ६ जिल्ला काेराेनामुक्त भएका छन् ।

पछिल्लाे २४ घण्टामा काेराेनाबाट तीन पुरूष र एक महिना गरी ४ जनाकाे मृत्यु भएकाे सार्वजनिक भएकाे छ । नेपालमा हालसम्म ५६ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *