फिफा अध्यक्ष जियानी जेल जाने

काठमाडौं । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोविरुद्ध स्वीट्जल्याण्डमा फौजदारी मुद्दा दर्ता भएको छ ।


स्वीट्जरल्याण्डका महान्यायाधिवक्ता माइकल लौबेरसँग भेटघाट गरेको आरोपमा इन्फान्टिनोविरुद्ध फौजदारी अभियोग लागेको हो। महान्यायाधिवक्तासँगको भेटमा कुनै अवैध कामबारे कानूनी परामर्श लिएको आशंकामा इन्फान्टिनोविरुद्ध बिहीबार स्वीट्जरल्याण्डमा मुद्दा दायर गरिएको हो । गत साता आफ्नो पदबाट राजीनामा दिएका लौबेरले इन्फान्टिनोसँग गरेको भेटघाटबारे यसअघि फरक फरक अभिव्यक्ति दिएका थिए।

कुनै बयानमा भेट्नु गलत नभएको र कुनै बयानमा भेट्दै नभेटेको भन्ने अभिव्यक्ति दिएपछि छानबिन सुरु गरिएको थियो । विस्तृत छानविनका क्रममा लौबेरले पदमा रहँदा फिफा र इन्फान्टिनोसँग सम्बन्धित रहेको मुद्दामा समेत काम गरिरहेको र भेटघाट भएको खुलेको छ। यद्यपि लौबेर र इन्फान्टिनो दुबैले अवैध भेट बारेको आरोप अस्वीकार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *