प्रचण्डको ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका सम्बोधनहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक गरिएको छ । पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष प्रचण्डले व्यक्त गरेका विचारहरु ४२ शीर्षकमा समेटिएका छन् ।

संसदीय राजनीतिमा आवद्धलाई सशस्त्र युद्धमा लैजान सक्ने र सशस्त्र युद्धलाई शान्तिपूर्णरुपमा रुपान्तरण गराई संसदीय राजनीतिमा ल्याउन सक्ने तथा नयाँ संविधानको ‘कोरियोग्राफर’ को भूमिका खेल्दा भोग्नु परेका परिघटनाहरुलाई समेटिएको उक्त पुस्तक ऐतिहासिक दस्तावेजको रुपमा सार्वजनिक गरिएको हो ।

३ सय ८५ पृष्ठको पुस्तक प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *