USAID

सन्दीप लामिछाने सीपीएल खेल्न भोलि चाटर्ड फ्लाइटमार्फत ट्रिनिडाड जाँदै


काठमाडौँ । लकडाउनका अवरोध हटाउँदै नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने अन्ततः सीपीएल खेल्न जाने निश्चित भएको छ । नेपाली टिमका युवा लेग स्पिनर लामिछाने भोलि बिहीबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् ।

भोलि (बिहीबार) कोरियन एयरको चार्टर्ड फ्लाइटबाट उनी वेस्ट इन्डिज प्रस्थान गर्न तयारी पूरा गरेका छन् । यसअघि हवाई उडानका कारण सन्दीपले प्रतियोगिता गुमाउने चिन्ता बढेको थियो । चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न जाने तयारी गरिएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए । आइतबार वेस्ट इन्डिज पुगेपछि सन्दीप १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

यस वर्षको सीपीएल अगस्त १८ बाट सुरुहुँदै छ । सन्दीप आबद्ध जमैकाको पहिलो खेल अगस्त १९ मा हुनेछ । सन्दीपले यसअघि पहिलो र दोस्रो सिजनको सीपीएल खेलिसकेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *