दाङमा पहिराेमा पुरिएर आमा छोरीको मृत्यु


दाङ । दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ः०० बजे घरमाथि बाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

घरमाथिबाट खसेको पहिराले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुष्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि गरे । घरमा रहेका पाँच जनामध्ये अन्य तीन जना भने सकुशल छन् । सो घरमा मृतक बाटुकीका सासूससुरा र जेठाजु बस्दै आएका थिए । मृतकका श्रीमान्को केही समयअघि मृत्यु भइसकेको बताइएको छ ।

घोराही बजारबाट करीब ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिराको उच्च जोखिममा छन् । केही दिनयताको लगातारको वर्षात्का कारण बङ्गलाचुलीका अधिकांश स्थानका बस्ती पहिराको उच्च जोखिममा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *