USAID

च्याउ खाँदा तीन वर्षीय बालिकाको मृत्यु, आठ गम्भीर बिरामी

  • 5
    Shares

जाजरकोट । कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ । उनीसँगै च्याउ खाएका अन्य आठ जना गम्भीर बिरामी भएका छन् ।

बिरामी हुनेहरुमा ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने भएको कुशे गाउँपालिका –१ का वडाध्यक्ष गोपाल नेपालीले बताए ।

घरपरिवारका सबैले एकै समय च्याउ खाएका थिए । बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।


  • 5
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *