कालापानी, गुञ्जी, लिम्पियाधुरा प्रवेश नगर्न नेपालीलाई भारतको चेतावनी

काठमाडौँ । भारतले कालापानी, लिम्पियाधुरा र गुञ्जीमा नेपालीहरुकाे प्रवेशलाई अवैध भन्दै ती क्षेत्रमा प्रवेश नगर्न पत्रचार गरेको छ । दार्चुलाको प्रमुख जिल्ला अधिकारीलाई चिठी लेख्दै नेपालीहरू लुकिछिपी प्रवेश गरे गैरकानूनी हुने र त्यसकाे जानकारी दिन भारतको धारचुलाका उपजिल्ला अधिकारी अनिल कुमार शुक्लाले धम्की दिएका छन् ।

पत्रमा भनिएको छ, विशिष्ट स्रोतबाट थाहा भएको छ कि विभिन्न नेपाली गुट समूह बनाएर भारतीय क्षेत्र गुञ्जी, कालापानी, लिम्पियाधुरामा अबैधरुपमा लुकीछिपी सीमा पार गर्न चाहन्छन् । जसले मिडियोको ध्यान तान्न सकोस् र दुई देशको प्रशासनलाई दुःख दिन सकियोस् । अतः यस प्रकारका कुनै सूचना तपाईंलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनुहोला ।

नेपाल सरकारले केही महिनाअगाडि कालापानी, लिम्पियाधुरा, गुञ्जी, लिपुलेकलगायतका भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *