त्रिभुवन विश्वविद्यालयका क्याम्पस आजैबाट सञ्चालन हुने

  • 5
    Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु आजैबाट पुनः सञ्चालन हुने भएका छन् । नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै त्रिविका क्याम्पसहरु आजैबाट सञ्चालन गरिने सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत नेपाल सरकारले निषेध गरेका कार्यहरुबाहेक क्याम्पसका अन्य सबै कार्यहरु सञ्चालन हुने छन् । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् ।

कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै क्याम्पस तथा कार्यालयहरु २०७६ चैत १० गतेदेखि बन्द गरिएका थिए । विश्वविद्यालयको प्रशासन २०७७ असार १ गतेदेखि खुले पनि शिक्षकहरुलाई भने सार्वजनिक बिदा दिइदै आएको थियो । मंगलवार सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै उक्त सार्वजनिक बिदा समाप्त गरी शैक्षिक गतिविधि पुनः सञ्चालनमा आउन लागेको हो ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *