USAID

कर्णालीलाई आत्मनिर्भर बनाउन कृषकलाई आग्रह


काठमाडौ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले उत्पादनशील जमीनमा तरकारी लगाएर आफूसहित कर्णालीलाई आत्मनिर्भर बनाउन कृषकलाई आग्रह गरेकी छिन ।

भूमि व्यवस्था मन्त्रालय तथा कृषि विकास निर्देशनालयअन्तर्गत आव २०७६÷०७७ मा निर्माण भएका योजनाको प्रभावकारिता अनुगमन गर्न आज वीरेन्द्रनगर नगरपालिकाका ३ र १० वडामा पुग्नुभएका मन्त्री केसीले मानव जीवनका लागि कृषि अपरिहार्य रहेको बताउँदै उनले भनिन, “तपाईँ हामीले खेती गरेको आर्जनबाट घर बनाएकालाई सम्मान गरौंँ । श्रमविना भ्रष्टाचार एवं अनियमितता गरेर महल ठड्याउनेलाई सबैले इन्कार गरौंँ, जसबाट समाजमा नयाँ संस्कारको बीजारोपण हुन्छ ।


बीरेन्द्रनगर नगरपालिकाको १० सुर्खेत बामेखोला ग्रामीण कृषि सडक उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी विकले महिला र त्यसमा दलित महिलाले अवसर पाए सजिलै काम गर्न सक्दा रहेछन् भन्ने राम्रो उदाहरण देखाएकामा उनले प्रशंसा समेत गरेकी छिन ।


उपभोक्ता समितिका अध्यक्ष विकले सरकारले गरेको सहयोगले गरीब किसानको पहुँच बजारसँग जोडिएको बताउनुभयो । “कृषि विकास निर्देशनालयले गत आवमा गरेको रु १७ लाख सहयोगले कल्भर्ट र तीन सय मिटर सडक निर्माण भएको छ । अब त्यसमा ग्राभेलका लागि सरकारले थप सहयोग गरे उत्पादित तरकारी जति बेला पनि बेच्न बजार लिन सकिन्छ”, उनले भनिन ।


मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्माले असारको अन्त्यमा आएर काम गर्ने शैली चालु आवका योजनामा नहुने र समयमै काम सम्पन्न हुने गरी कार्य अघि बढाइने बताउनुभयो । कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कल्भर्ट र सडक निर्माणले करीब दुई सय घर परिवार लाभान्वित भएको बताए ।
ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतका प्रबन्ध निर्देशक पुष्कर खड्काले प वीरेन्द्रनगर ३ तातोपानीस्थित पाँच बिघा जमीनमा रु २५ लाखमा निर्मित एकीकृत अर्गानिक कृषि मोडल फार्म प्रदर्शनी तथा अनफार्म अनुसन्धान प्लट स्थापनाले कर्णालीको कृषि तथा कृषि प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए । रु १२ लाख कृषि मन्त्रालय तथा रु १३ लाख क्याम्पस आफैँले लगानी गरेको सो फार्मलाई कर्णालीकै नमूना बनाउने योजना रहेको उनको भनाइ थियो । कर्णालीमै एक मात्र रहेको कृषि तथा वन विज्ञान क्याम्पसको प्रवद्र्धनका लागि सरकारलाई विशेष सहयोग गर्न प्रबन्ध निर्देशक खड्काले अनुरोध गरेका छन ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *