पाल्पा । पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा यातायात सुचारु भएको छ ।
तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि आइतबार सांझदेखि सवारी साधन चल्न थालेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गत शुक्रबार राति खसेको पहिरोका कारण उक्त सडकमा दुई दिन दे खि यातायात ठप्प भएको थियो ।
सडकमाथि पहिरोको भाग अझै बाँकी रहेकाले वर्षा भएका बेला यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ । सडक अवरुद्ध हुँदा रोकिएका सयौं सवारी साधनहरु सडक खुलेसँगै गन्तव्यतर्फ लागेका छन ।