कोरोनाका १५६ संक्रमित थपिदा ५८ जना डिस्चार्ज

काठमाडौं । आइतबार नेपालमा थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गर्दा १५६ जनामा संक्रमण देखिएको छ ।


आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *