USAID

ओलीसँग सम्झौताको कुरा कहाँबाट आयो: प्रचण्ड

  • 4
    Shares

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीसँग मंसिरमा महाधिवेशन गर्ने गरी सहमति आफूले नगरेको अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेको र दाहालले त्यसमा समर्थन जनाएको भन्ने खबर सार्वजनिक भएपछि प्रचण्डले त्यसको खण्डन गरेका हुन् । आज आफूनिकट नेताहरुसँगको भेलामा हिजो साँझ प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे ब्रिफिङ्ग गर्ने क्रममा प्रधानमन्त्री ओलीसँग कुनै सम्झौता नगरेको उनले स्पष्ट पारेका हुन् ।

दाहालले आफ्नै निवास खुमलटारमा भेला भएका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा नारायणकाजी श्रेष्ठसहितलाई आफूले ओलीसँग कुनै सहमति नगरेको बताएका हुन् । संकट समाधानका लागि विभिन्न विकल्पमाथि छलफल हुने क्रममा महाधिवेशनको कुरा आएको र राष्ट्रपतिसँग पनि सोही विषयमा कुरा भएको प्रचण्डले जानकारी दिए ।

नेपाल, खनालसहितका नेताले प्रचण्डलाई ओलीसँग सहमति गरेर आफूहरुलाई धोका दिन खोजेको हो कि भन्ने प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रचण्डले अहिले कुनै सहमति नभएको बताएका हुन् ।


  • 4
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *