USAID

नेकपा स्थायी कमिटी बैठक छाैठाैँ पटक स्थगित, पर्सिकाे लागि सर्‍यो


काठमाडौँ । आज अपराह्न ३ बजेका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आएको बैठक पर्सि साउन ६ गते ज् ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै बताएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयमा विवाद हुँदा नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको हाे । आजसमेत गरी स्थायी समितिकाे बैठक छैटौं पटक स्थगित गरिएको हो ।

स्थायी कमिटी बैठक असार १० गतेदेखि सुरु भएको थियो । सुरुआतका दुई बैठक बसे पनि त्यसयता भने स्थगित हुँदै आएको छ । असार १८ गतेदेखि बैठक नै नबसेर स्थगित हुँदै आएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *