नेकपा सचिवालय बैठक सकेर ओली र प्रचण्ड राष्ट्रपति निवासमा

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब ४ घण्टासम्म बसेको निश्कर्षविहिन सचिवालय बैठकपछि ओली र प्रचण्ड शितलनिवास पुगेका हुन् ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विवाद समाधानमा कुनै सहमती नभए पनि एकता कायम राख्दै सहमति खोज्ने निष्कर्ष निकालिएको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *