चार घन्टा लामो नेकपा सचिवालय बैठक विनानिश्कर्ष सकियो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न बसेको पार्टीको सचिवालय बैठक विनानिश्कर्ष सकिएको छ ।

सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार दिउँसो सवा तीन बजेबाट बसेको सचिवालय बैठकमा कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा छलफलका क्रमलाई निरन्तरता दिने सहमति भएको पनि उनले बताए ।

उनले भने, पार्टीको समग्र समस्याको बारेमा छलफल भएको हो । आजको छलफल राम्रोसँग भएको छ । तर विवाद समाधान भएको छैन । दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने गर्ने सहमति भएको छ ।

भोलिका लागि निर्धारत स्थायी कमिटी बैठक स्थगित नहुने नेता श्रेष्ठले जानकारी दिए । दुई सातासम्म लगातार स्थागित हुँदैआएकाे स्थायी समितिकाे बैठक हिजाे पनि बस्न नसकेपछि आजका लागि सचिवालय बैठक बाेलाइएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *