काठमाडौं । पुनर्निर्माणको अन्तिम चरणमा पुगेको रानीपोखरीमा बोरिङको पानी हालेपछि विरोध भएको छ ।
पोखरीमा त्रिचन्द्र कलेजमा रहेको दुईवटा बोरिङबाट पानी हालेपछि सम्पदा संरक्षण अभियन्ताले आकासे पानी संककन गरेर हाल्नुपर्ने बताउँदै विरोध गरेका छन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संरक्षणको नाउँमा ऐतिहासिक सम्पदाको विनाश गर्न नमिल्ने अभियन्ताले बताएका छन् ।
तर, पुनर्निर्माण प्राधिकरण भने पोखरी निर्माणमा लागेका कामदारले बिना जानकारी बोरिङको पानी हालेको दावी गरेको छ। कामदरहरुले सोधपुछ बिना नै बोरिङको पानी राखेकाले उक्त फोहोर पानी बाहिर फालिरहेको प्राधिकरणले जनाएको छ ।