USAID

कोरोनाका १०१ संक्रमित थपिए, एक जनाको मृत्यु, २८५ जना डिस्चार्ज

  • 17
    Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काेराेनाबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सप्तरीका ७३ वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो भने बुधबार स्वाब संकलन गरिएको थियो । बिहीबार साँझ कोरोना संक्रमण भएको रिपोर्ट आएको केही घण्टामा नै उनको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ४० पुगेको छ ।

विगत २४ घण्टामा सबैभन्दा धेरै लमजुङमा २२ जना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै रोल्पाका १३, बर्दियाका १०, रौतहट र धनुषाका ८/८ जना, तनहुँका ७, दाङका ५ तथा नवलपुर र बाराका ३/३ जनामा पनि संक्रमण पुष्टि भएको छ । झापा, मोरङ, पर्सा, नुवाकोट र भक्तपुरका २/२ जना तथा सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौं, पाल्पा, रुपन्देही, सल्यान, रुकुम पश्चिम, डडेलधुरा, बझाङ र डोटीका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । उनीहरुमध्ये ४० जनाको निधन भएको छ भने ११ हजार ५ सय ३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ सय ८५ जना डिस्चार्ज भएका छन् ।


  • 17
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *