भारतमा नेपालीलाई मुण्डन गराएर दुर्व्यवहार

काठमाडौं । भारतको बनारसमा टाउको मुण्डन गराएर श्रीराम लेखी एक नेपालीमाथि दुर्व्यवहार गरिएको छ । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुव्यर्वहार भएको हो ।

विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बलपूर्वक केस मुण्डन गराएर टाउकोमा श्रीराम लेखी उनलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा लगाउन लगाएका थिए । घटनाको भिडियो फुटेज विश्व हिन्दु सेना आफैंले सार्वजनिक गरेको छ । लगत्तै विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध प्रहरीले एफआईआर दायर भएको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि घटनाबारे चासो देखाएको छ । नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका छन् । मुख्यमन्त्री आदित्यनाथले दोषीमाथि कारवाही गरिने आश्वासन दिएको दुतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *