भारतको मणिपुरबाट उद्धार गरिएका २१ नेपाली महिलालाई स्वदेश फर्काइयाे

  • 4
    Shares

काठमाडौँ । भारतको मणिपुर राज्यबाट उद्धार गरिएका २१ नेपाली महिलालाई ९ महिनापछि स्वदेश फर्काइएको छ । पूर्वको काँकडभिट्टा नाकाबाट ल्याइएका उनीहरुमध्ये केही पूर्वी नेपालकै विभिन्न जिल्लाका भएकाले उतै राखिएको र १३ जनालाई काठमाडौं ल्याइएको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिए ।

पीसीआर परीक्षणमा सबै जनाको नेगेटिभ रिपोर्ट आए पनि उनीहरुलाई केही समय क्वारेन्टिनमा राखिने उनले बताए । “विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उनीहरुलाई क्वारेन्टिनमा राखेर परामर्श समेत दिइनेछ” खड्काले भने ।

ती महिलाहरुलाई दलालले मणिपुरबाट म्यान्मार पुर्याएर खाडी मुलुकहरुमा घरेलु श्रमिकको रुपमा लैजान लागेको थाहा पाएपछि गएको असोजमा उद्धार गरी भारतमै विभिन्न पुनस्र्थापना गृहमा राखिएको थियो । उनीहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी तथा माइती नेपालको पहलमा ३० असारमा स्वदेश फर्काइएको हो ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *