कोरोनाका ११६ संक्रमित थपिए, ६९७ जना डिस्चार्ज

काठमाडौं । बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

यस्तै बुधबार ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।
हालसम्म ६४ प्रतिशत संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ५ हजार ९० जनाको पिसिआर परीक्षण भएको र हालसम्म नेपालमा कुल २ लाख ९८ हजार बढीको पिसिआर परीक्षण भएको छ मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *