प्रिमियर लिगमा चेल्सी विजयी

लन्डन। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।

आज बिहान भएको खेलमा चेल्सीले रेलिगेशनमा परेको नर्विच सिटीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।स्टेमफोर्ड ब्रिज रंगशालामा घरेलु टोली चेल्सीलाई जिताउन ओलिभर जिरुडले गरेको एक मात्र गोल नै निर्णायक सावित बनेको थियो।

पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा जिरुडले क्रिष्टियन पुलिसीको पासमा गोल गरेका थिए । सोही गोलको अग्रता चेल्सीले अन्तिमसम्म जोगाउन सफल भयो । जितसँगै चेल्सीले लिग तालिकामा ६३ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा रहेर लिग टुंगाउने संभावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *