USAID

विप्लवका सैन्य विभाग प्रमुख बोहरा मोरङबाट पक्राउ

  • 16
    Shares

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरा पक्राउ परेका छन । मोरङको उर्लाबारी नगरपालिका–३ बाट विप्लव नेकपाको पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई पक्राउ गरेको प्रहरिले जनाएको छ ।


बोहराको साथबाट कटुवा पेस्तोल एक थान, तीन राउन्ड गोली र सकेट बमका साथमा बम बनाउने र विष्फोटमा प्रयोग गरिने विष्फोटक पदार्थ पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।


  • 16
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *