काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतले आपत्ती जनाएको छ ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाएको हाे । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड नगर्न चेतावनीसमेत दिएका छन् ।
‘भगवान राम आस्थाका विषय हुन् । जनताले त्यो आस्थासँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही,’ शास्त्रीको भनाईलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।