महावीर पुनलाई राष्ट्रिय शान्ति पुरस्कार

काठमाडौं । रिड नेपालका संस्थापक डा. एन्टोनिया न्युबावरलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार र राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई राष्ट्रिय शान्ति पुरस्कार प्रदान गरिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत डा. डिल्ली रमण रेग्मी ममारियल पुस्तकालय विकास समिति, डिल्ली रमण रेग्मी प्रतिष्ठानद्वारा प्रदान गरिने उक्त पुरस्कार उनलाई एक समारोहकाबीच प्रदान गरिएको हो ।

कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्ने नियमलाई पालना गर्दै जुम मार्फत एक समारोह आयोजना गरी उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोख्रेल प्रमुख अथितिको रुपमा रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रिड नेपालले नेपालमा समुदायिक पुस्तकालयको विकासमा ठुलो योगदान गरेको र यसको कार्यक्रमा म लगायत नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय निरन्तर साथमा रहेको छ ।

यस्तै कार्य गरेकाले एन्टोनियालाई यो सफलता मिलेको उहाँले जिकिर गर्नुभयो । विगतमा अन्तराष्ट्रिय शान्ति पुरस्कार नेलशन मण्डेला, माहात्मा गान्धी जस्ता प्रभावशाली व्यक्तीहरुले पनि प्राप्त गरेका थिए ।
समारोहमा डा.एन्टोनियाले अस्पताल र विद्यालय स्थापना गर्दा विरामीहरु र केही विद्यार्थिहरुले सवा पाउने तर सामुदायिक पुस्तकालय स्थापना गर्दा समुदायका सबै लाभान्वित हुने भएकोले आफु यस्तो अभियानमा लाग्न प्रेरित भएको कुरा उल्लेख गर्नुभयो ।

यस्तै राष्ट्रिय शान्ति पुरस्कार विजेता महाविर पुनले देशको समृद्घिको लागि विज्ञान तथा आविश्कारमा देश अगाडी बढ्नुपर्ने बताउनुभयो । भर्चुअल कार्यक्रममा रिड, पुस्तकालयका प्रतिनिधि, कर्मचारी, डा. डिल्लि रमण रेग्मी मेमोरियल पुस्तकालय तथा नेपाल सरकारका थुप्रै कर्मचारीहरुको सहभागिता रहेको थियो ।
डा. एन्टोनियाको सक्रियतामा स्थापना भएको रिडले हालसम्म रिड नेपाल, रिड इन्डििया र रिड भुटानद्घारा ११२ वटा समुदायिक पुस्तकालय स्थापना गरी करिव २४ लाख भन्दा बढि समुदायका व्यक्तिलाई सेवा पु¥याउँदै आएको छ ।

समुदायलाई सेवा पु¥याउन पुस्तकालय भित्र पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, युवा कक्ष, सूचना संचार तथा प्रविधि कक्ष, श्रव्य दृश्य कक्ष, तथा तालिमहल रहने गरेको छ । हाल सम्म नेपालका ४२ वटा जिल्लामा रिड नेपालले ६८ वटा पुस्तकालय स्थापना गरी सेवा पु¥याउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *