USAID

एयर इमिरेटसले नौ हजार रोजगार काटौती गर्ने


अवुधावी, एयर इमिरेट्सका अध्यक्ष सर टिम क्लार्कले मिडिल इस्टर्न एयरलाईन्सले कोरोना भाइरस महामारीको कारण नौ हजार रोजगार कटौति गरिन लागेको जानकारी दिएका छन् ।


विश्वको सबैभन्दा ठूलो लामो दूरीको उडान भर्ने कुनै एयरलाईन्सले यति ठूलो संख्यामा रोजगार कटौतिको घोषणा गरेको पहिलो पटक हो ।
महामारी शुरु हुनु अघि सम्म इमिरेट्ससंग ६० हजार कर्मचारी थियो । क्लार्कले बताएका छन् , ‘ हामीले यसअघि नै १० प्रतिशत कर्मचारी कटोति गरिसकेका छौं । हामीले शाय अब थप १५ प्रतिशत कर्मचारी कटौति गर्न जाँदैछौं । ’

कोराना भाइरस महामारीको कारण विश्वभरि विमानहरु ग्राउन्डिड गरिएकाले एयरलाईन्स उद्योग नै झण्डै ठप्प रहेको अवस्था छ । विविसिलाई अन्तर्वार्ता दिने क्रममा क्लार्कले इमिरेटस अझ अन्य एरयलाइन जस्तै धेरै प्रभावित नभएको स्पष्ट पारेका छन् ।


यसै साता मात्र एयरलाईन्सका कूल ४ हजार ५ सय पाइलट मध्ये ७ सय जनलाई जागिर मुक्त भएके सूचना दिइएको थियो । यसको अर्थ कोरोना भाइरस शुरु भए यता कम्तिमा १ हजार २ सय पाइलटले काम गुमाइसकेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *