३३ किलो सुन प्रकरण : यूएईमा पक्राउ परेका आरोपीलाई काठमाडौं ल्याइयो

काठमाडौं । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका ३३ किलो सुन काण्डका एक आरोपीलाई लकडाउन कै बीच शनिबार नेपाल ल्याइएको छ ।

यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । काठमाडौं उत्रिएपछि उनलाई गौशाला प्रहरीको जिम्मा लगाइएको छ ।

खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएपछी उनी २०७५ माघमा यूएईमा समातिएका थिए । काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए ।

वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *