USAID

बाढी पहिरोको बितण्डा: देशभर ३० भन्दा बढिको मृत्यु, दर्जनौं बेपत्ता


काठमाडाैँ । गए रात देखि परेको अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशभरि जनधनको ठूलो क्षति भएको छ ।

शुक्रबार बिहानसम्म बाढी/पहिरोमा परी ३१ जनाको मृत्यु भएको तथा दर्जनौं घाइते र बेपत्ता भएको गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको ज्यान गएको छ भने १२ जना बेपत्ता भएका छन् । गण्डकी प्रदेशकै लमजुङको वेशीसहर नगरपालिका–७ मा आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जनता घाइते छन् ।

कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।

म्याग्दी, लमजुङ, कास्की, रूकुम, जाजरकोटलगायतका जिल्लाहरुमा बाढीपहिरोले अत्याधिक क्षति पुर्याएको छ । अबको चार दिनसम्म वर्षाको सम्भावना रहेका कारण सतर्क रहन मौसमविदले आग्रह गरेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *