झलनाथ खनाल र चिनियाँ राजदूत हौबीच भेट

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएका बेला उत्तरी छिमेक मुलुक चीनकी नेपालस्थित राजदूत हौ यान छिले आज पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।

खनाललाई भेट्न राजदूत हौ उनको डल्लुस्थित निवासमा पुगेकी थिइन् । उनीहरूबीच बिहान ९ देखि पौने १० बजेसम्म कुराकानी भएको थियो । खनालनिकट स्रोतले राजदूत यान्छीसँग दुई देशको आपसी हितका बारे कुराकानी भएको बताएको छ ।

नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएकी छन् । यसअघि राजदूत हाैले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग छु्ट्टाछुट्टै भेटिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *