काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला कोरोनाबाट संक्रमित भएका छन् ।
मंगलबार नै स्वाब दिएका कोइरालामा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
कोरोना संक्रमण भए पनि उनमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।