ठगी कसूरका विकास पुन पक्राउ

काठमाडौं । ठगी कसूरका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका–१५ लालीगुराँस टोल वतन भएका ४१ वर्षीय विकास पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ठगी कसूर अन्तर्गत मुद्दा दर्ता भई फरार रहेका विकास काठमाडौंका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकिछिपी बसिरहेको बेला उनलाई पक्राउ गरेको हो ।

साथै उनले प्रयोग गर्दै आएको प्रदेश ३–०१–०२२ च ०११८ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ । विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना, डाँका चोरी र कुटपिट कसूरमा समेत संलग्न रहेको खुल्न आएका उनलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *