हुम्लामा भारी हिमपात

हुम्ला । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको छ । एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए । उनलेभ भने यो “यस वर्षकै ठूलो हिमपात भयो ।

घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।” अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन् ।

निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए। हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *