उखु खेतीबाट पलायन हुँदै किसान

रौतहट । सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएको छ। नगदेबालीको मान्यता पाएको भए पनि किसानका लागि उधारो बालीमा परिणत भएपछि सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएका छन्।

उखु किसानलाई सरकारले हेर्ने दृष्टिकोण र चिनी उद्योग मालिकले गर्ने ठगी दुवै कारणले किसानहरू मर्कामा परेको र उखुको लगानी उठ्ने अवस्था नहुँदा किसानहरू पलायन हुँदै गएका छन्। सर्लाही र रौतहटका किसान उखु खेतीबाट पलायन हुँदै जानुमा चिनी उद्योगीभन्दा सरकार बढी जिम्मेवार रहेको छ।

किसानहरूले लगानीको उचित मूल्य पाउन नपाउने, उधारोमा विक्री गरेर महिनौं भुक्तानीका लागि दगुर्नुपर्ने, श्रमपसिनाको कुनै मोल नहुँदा उखु खेतीबाट बिस्तारै विस्थापित हुँदै गएका छन् । नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *