तेलुगु फिल्म ‘हिटम्यान’मा आँचल शर्मा

काठमाडौं । चर्चित नायिका आँचल शर्मा तेलुगु फ्लिम ‘हिटम्यान’मा देखिने भएकी छिन् । समाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आँचलले चलचित्रमा अभिनय गरेको बताएकी हुन् ।

चलचित्र नेपाल र भारतमा छायांकन गरिएको छ । आँचल नेपालतर्फको दृश्यमा देखिनेछिन् भने भारतको दृश्यमा अदिती शर्मा छिन् । चलचित्र नेपालको पोखरा र काठमाडौंमा गरि ११ दिन छायांकन भएको बुझिएको छ । अब चलचित्रको केही प्रतिशत छायांकनमात्र बाँकी रहेको छ ।

 

View this post on Instagram

 

A post shared by Bishnu Adhikari (@bishnurules)


नेपाल र भारतसँग जोडिएको कथा रहेको चलचित्र दुवै देशमा रिलिज हुनेछ । नायिका आँचललाई चलचित्रको हिस्सा बनाउन पाउँदा खुशी रहेको निर्देशक तथा कलाकार विष्णु अधिकारिले बताएका छन् ।

नाई नभन्नु ल-४ बाट ठूलो पर्दामा डेब्यु गरेकी आँचलले आधा दर्जन नेपाली चलचित्रसँगै कयौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

तस्बिर:- आँचल शर्मा इन्स्टाग्राम

Leave a Reply

Your email address will not be published. Required fields are marked *