गरिबको छोरासँग देश बनाउने योजना भएपनि निर्वाचन जित्न सक्ने अवस्था छैन : अध्यक्ष लिङ्देन

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै युवा राजनीतिमा आउनुपर्ने बताएका छन् । दाङको तुलसीपुरमा बिहीबार भएको आमसभामा उनले अहिलेको भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन युवा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

अहिलेको निर्वाचन प्रणाली पनि निकै खर्चिलो भएको भन्दै यसमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो । “संसद्को चुनाव लड्नुपर्दा हामी जस्ता केही मान्छे झुक्किएर आएका छौँ । गरिबको छोरासँग जस्तोसुकै देश बनाउने योजना भए पनि निर्वाचन जित्न सक्ने अवस्था छैन”, उनले भने, “करोडौँ खर्च गर्नुपर्ने अवस्था छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *