काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आजै दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा देउवाले २२ सय ५८ र कोइरालाले १७ सय २९ मत ल्याएका छन् ।
पहिलो चरणमा देउवालाई बहुमतका लागि ८२ मत नपुगेपछि आजै दोस्रो चरणको मतदान हुने भएको हो । दोस्रो चरणमा देउवा र कोइरालाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
मतपरिणाम अनुसार प्रकाशमान सिंहले तीन सय ७१, विमलेन्द्र निधिले दुई सय ४९ र कल्याण गुरुङले २० मत पाएका छन् । निर्वाचनमा ४६ सय ८१ मत खसेको थियो ।
अव दोस्रो चरणको निर्वाचनमा देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले जसलाई समर्थन गर्छन त्यसले सभापतिमा बाजी मार्ने निश्चित छ ।
सभापतिको दोस्रो चरणको निर्वाचन हुने भएपछि अन्य पदाधिकारिको मतगणना गर्न समय लाग्ने देखिएको छ । अन्य पदाधिकारिको मतगणना भने पार्टी कार्यालय सानेपामा हुनेछ ।