काठमाडौ। नेपाली कांग्रेसका वर्तमान महामन्त्री डा शशांक कोइरालाले आफ्नो समर्थन डा शेखर कोइरालालाई नै रहेको जनाएका छन्। शेरबहादुर देउवा प्यानलले शशांकको समर्थन आफूलाई रहेको भन्दै केन्द्रीय सदस्यको सूचीमा उनको नाम पनि राखेको छ।
तर शशांकको सचिवालयले भने उनको समर्थन देउवालाई नभई शेखरलाई नै रहेको स्पष्ट पारेको छ। शेखर प्यानलको केन्द्रीय सदस्य सूचीमा पनि शशांकको नाम रहेको छ।