कोराना संक्रमित ताइवानी नागरिक यात्रुको रुपमा त्रिभुवन विमानस्थलमा

काठमाडौँ । कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेकै बेला नेपालबाट फर्किन लागेका एक संक्रमित ताइवानी नागरिकलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट फर्काइएको छ ।

ती ताइवानी नागरिकले विमानस्थल पुगेपछि आफूले पीसीआर परीक्षण गराएको तर रिपार्ट नआएको बताएका थिए । विमानस्थलका सुरक्षा अधिकारीहरुले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सम्पर्क गरेर सोध्दा उनको रिपोर्ट पोजेटिभ भएको खुलेको थियो । उनलाई एम्बुलेन्सबाट बलम्बुस्थित सशस्त्र प्रहरी बलको एपीएफ अस्पताल पुर्याइएको छ ।

आज मालिन्डो एअरको ३ः४० को उडानका लागि उनी विमानस्थल पुगेका थिए । उनी संक्रमित भएको थाहा भएपछि विमानस्थलमा हल्लाखल्ला मच्चिएको थियो ।

यसैगरी पीसीआर रिपार्ट नभएका भारतीलाई पनि विमानस्थलबाट फर्काइएको विमानस्थलका एक अधिकारीले बताएका छन् ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डसहित आंशिकरुपमा खोलेपछि हिजोबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडानहरु सुरू भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *