बोहराटारमा पुनः भेला हुँदै पौडेल समुह

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बस्न लागेको छ। जारी महाधिवेशनमा समापतिको उम्मेदवारी दिनेबारे टुंगो लगाउन बोहराटारमा बैठक बस्ने तयारी रहेको स्रोतले जनाएको छ ।

निर्वाचन सिमितिले आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ ।
उम्मेदवार टुंग्याउन शुक्रबार राति पनि बोहराटारमा बैठक बसेको थियो तर उम्मेदवारको टुंगो लाग्न नसकेपछि बैठक आज पुनः बस्नेगरि सकिएको थियो ।

सभापतिमा उम्मेदवारी दाबी गर्दै आएका प्रकाशमान सिंह बैठकबाट उठेर हिडेपछि शुक्रबार रातीको बैठक भाडिएको थियो । पौडेल समुहकै अर्का नेता शेखर कोइरालाले सभापति नछाड्ने अडान लिएपछि उम्मेदवारको टुंगो लाग्नै सकस देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *