काठमाडौँ । भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झडपमा परी भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ । शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको द गार्जियनले उल्लेख गरेको छ । सिमा क्षेत्रमा ४८ घण्टाभित्र दुई झडप भएका थिए । यसअघि दुई देशका सैनिकको बीचमा भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।
दुवै पक्षले आधिकारिकरुपमा यो झडपमा भएको हताहतीको विषयमा कुनै जानकारी नदिएका भए पनि निर्वासित तिब्बतियन संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीले तिब्बती मूलका भारतीय सैनिकको यो झडपको क्रममा मृत्यु भएको बताएकी छन् ।
