पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

काठमाडौं। नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आज नयाँ दल घोषणा गर्ने भएका छन् । आज दिउँसो साढे ३ बजे अनामनगरमा उनले सार्वजनिक कार्यक्रम राखेका छन् । भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले सार्वजनिक गर्ने दलको नाम नेपाल सुशासन पार्टी नामक रहेको छ ।

नेपाल प्रहरीको महानिरीक्षक बन्न नसकेपछि २८ चैत २०७४ मा प्रहरी संगठनबाट राजीनामा दिएर राजनीतिमा लागेका खरेल भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका छन् । उनले नेपाललाई समृद्धिको मार्गतिर स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताउँदै आएका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *