काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको खेलहरु आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन् ।
पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । आजको खेलमा फ्रेन्ड्स पहिलो जितको खोजिमा रहेको छ भने थ्री स्टार दोस्रो जितको खोजीमा रहनेछ ।
साथै, दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल ४ः४५ बजे सुरु हुनेछ । एपीएफ आज पहिलो जितको खोजिमा रहेको छ भने सातदोबाटो ३ अंकको खोजिमा मैदान उत्रिनेछ ।