एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक आज

काठमाडौं । नवौं महाधिवेशनबाट निर्वाचित नेकपा (एमाले) को केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ ।

महाधिवेशनको उदघाटन समारोह सकिएपछि साँझ ८ बजे सौराहाको होटल सेभेन स्टारमा बैठक आयोजना गर्न लागिएको हो । बैठकले नवौं महाधिवेशन पछाडिका सातवर्षे कार्यकालको समीक्षा, महाधिवेशनको उद्घाटन सत्रको समीक्षा गर्नेछ ।

एमालेमा विधान महाधिवेशनले व्यवस्था गरेको पदाधिकारी संख्यामा समेत हेरफेर गर्न सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *