काठमाडौँ । भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सरकारले अर्काे निर्णय गर्दै भदौ महिनाभरि चल्न नदिने भएको छ । यसअघि भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
कोरोनाको महामारी बढेको निष्कर्ष निकाल्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
यसैगरी सरकारले अन्तरिक विमान सेवा पनि भदाै मसान्तसम्म नखाेल्ने निर्णय गरेकाे छ ।

Thukaa nalayak sarkar ayara aba mero rinn pani tirde Khana pani lyaide mero family sabailai herde