एमाले स्थायी कमिटी बैठक बस्दै, आजै ओलीको पत्रकार सम्मेलन

काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बस्ने भएको छ । यही मंसिर १० देखि १२ गतेसम्म चितवन हुन लागेको १०औँ महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटबारेमा छलफल गर्न आजको बैठक आह्वान गरिएको हो ।

अहिले विहान ११ बजे बस्ने बैठक महाधिवेशन केन्द्रित रहने जनाईएको छ । बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आह्वान गरिएको हो ।

पछिल्लो स्थायी कमिटीको बैठकहरुमा महाधिवेशनमा पदाधिकारीमा आकांक्षी बढ्दै गएपछि विधान संशोधन गरेर केही नेताको व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो ।

आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *